सोमबार, चैत २, २०८२

२४ घण्टामा ८६८ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ७०५ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा कुल ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा २२९ जना, ललितपुरमा ५३ जना र भक्तपुरमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल नेपालमा ५ हजार ८८५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Aug 10, 2022| 16:46 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्