बिहीबार, वैशाख ३१, २०८३

कोरोना बढेपछि भोजपुरको टेम्केमैयुङ पालिकाका विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि पालिकाभित्रका विद्यालय बन्द गरिएको हो।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

National life

भोजपुर– कोराना संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगलबारदेखि ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले बताएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामै सबैभन्दा बढी टेम्केमैयुङ पालिकामा संक्रमण देखिएको छ। यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ।

मंगलबारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ। संक्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले बताएको छ।–रासस

प्रकाशित: Aug 10, 2022| 13:04 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्