शुक्रबार, मंसिर १९, २०८२

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल

जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

जुम्ला- जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन। अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ।

National life

जिल्लाको तिला गाउँपालिका–१ स्थित रारामा रहेको सीता माध्यमिक विद्यालयमा तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ तहमा ११ मात्रै विद्यार्थी अध्ययनरत छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरबाट मान्यताप्राप्त सो विद्यालयमा प्राविधिक धारमा अध्ययन गर्ने ४८ विद्यार्थीको कोटा हुँदा पनि अहिले छ जना पूर्ण शुल्क र पाँच छात्रवृत्ति कोटामा मात्रै विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताए।

प्राविधिक विषयका विद्यार्थी नहुँदा शैक्षिकसत्र २०७९ का लागि तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनियरिङ तहमा भर्नाका लागि अहिले विद्यार्थीको खोजीमा विद्यालय लागेको छ। विभिन्न माध्यमबाट विद्यार्थीलाई भर्ना गराउन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति लागिपरेको छ।

विद्यालयका प्रअ पाण्डेले भने, ‘विद्यालयमा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा सिभिल इञ्जिनियरतर्फ पढाइमा विद्यालयलाई सकस भएको छ। शिक्षकलाई तलब दिन पनि गाह्रो भएको छ। विद्यालयको कुनै आन्तरिक स्रोत पनि छैन, स्थानीय सरकारले पनि सहयोग गरेको छैन।’

गाउँमै सिभिल इञ्जिनियरिङ विषय पढाइ भइरहेको छ। तर विद्यार्थी भर्ना हुन मानेका छैनन्, कम पैसाले घरमै दक्ष जनशक्तिबाट पढाइ हुने गरेको छ। पूर्ण शुल्क र छात्रवृत्ति कोटाबाट अध्ययन गर्न चाहने विद्यार्थीलाई यो वर्षबाट पालिकाका नौवटै वडालाई पत्राचारसमेत गरिएको विद्यालयका प्रअ पाण्डेले बताए।

Laxmi sunrise bank
kumari

विद्यालयमा विद्यार्थी आकर्षण गर्नेका लागि प्राविधिकतर्फ चाहिने पुस्तकालय, कम्प्युटर, ल्याब तथा प्रविधियुक्त सुविधासम्पन्न प्रयोगशाला, सर्भे क्याम्प, शैक्षिक भ्रमण तथा अवलोकनका माध्यमबाट सम्बन्धित स्थानमै पुगेर प्रयोगात्मक शैलीको अध्ययनलाई विशेष जोडदेखि विद्यार्थीलाई बस्नका लागि निःशुल्क छात्रावासको समेत व्यवस्था विद्यालयले गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।

गाउँका विद्यालयभन्दा सहरका विद्यालयका दक्ष शिक्षक र विभिन्न सेवा सुविधा समयमै उपलब्ध हुने भएकाले विद्यार्थीको रोजाइ गाउँभन्दा सहरमा हुने गरेको जुम्लाका विद्यार्थी बताउँछन्।  -रासस

प्रकाशित: Aug 10, 2022| 08:04 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्