सोमबार, मंसिर २९, २०८२

शिक्षा सुधार्न सांसद हुनु छ शिशिरलाई

सन् २००९/१० ताका खनालले नेपालका गाउँहरुमा पनि शिक्षासम्बन्धी काम गर्न थाले। काम गर्दै गर्दा विभिन्न गाउँका युवाहरुलाई यस्ता काममा जोड्ने अभियानमा उनी लागे।
 |  बुधबार, साउन २५, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, साउन २५, २०७९

६ महिनाअघिको कुरा हो। शैक्षिक अभियान्ता शिशिर खनालसँग साथीहरूले आफ्ना बच्चा स्कुल भर्ना गर्न सल्लाह मागे। अघिल्ला वर्षहरुमा उनीसँग यसरी सल्लाह माग्ने त्यति हुँदैनथे। यो वर्ष चाहिँ धेरै साथीले ‘कस्तो स्कुल भर्ना गर्ने, कहाँ भर्ना गर्ने’ भन्ने चिन्ता गरेको प्रत्यक्ष सुने। 

National life

साथीहरू सबै मध्यमवर्गीय परिवारका हुन्। उपत्यकामा बस्ने मान्छेलाई पनि छोराछोरी कहाँ पढाउने भन्ने विषय निर्क्यौल गर्न गाह्रो पर्ने रहेछ। धेरै राम्रो भनिएको विद्यालयमा शुल्क महँगो, तुलनात्मक रूपमा कम शुल्क भएको भनिएको विद्यालयको गुणस्तरमा सन्देह। यसले मध्यमवर्गीय अभिभावकमा अन्यौल सिर्जना गरेको अनुभव खनालसँग छ। 

सबल आर्थिक अवस्था हुनेहरूले पढाउने थुप्रै विकल्प छन्। तर त्यसको मासिक शुल्क ३५/५० हजारसम्म पर्छ। त्यो भन्दा तल्लो ‘लेभल’को स्कुलको लागि पनि कम्तीमा १५–२० हजार शुल्क लाग्छ। जहाँ निम्न र मध्यम आय भएकाहरुले पढाउन सक्ने स्थिति छैन।

‘सामान्य जागिर खाएर जीविकोपार्जन गर्दैछन्। काठमाडौंमा दुईजना सन्तानलाई पढाउनु पर्‍यो। सामान्य औसत परिवार पाल्न परिहाल्यो,’ खनाल भन्छन्, ‘अझ कोठा भाडा पनि लिएर बस्नुपर्ने स्थिति छ भने पढाउँदा नै ४० देखि ६० हजार लाग्ने रहेछ। डेरा भाडा तिर्दा त एक लाख हाराहारी खर्च हुँदो रहेछ। मध्यमवर्गीय परिवारको त्यति कमाइ त हुँदैन, पढाउने कसरी?’

साथीहरु नै यस्तो अन्यौलमा देखेपछि खनाल झस्किए। कयौँ वर्ष शिक्षा क्षेत्रमै काम गरिसकेका उनले मध्यमवर्गीय नेपाली परिवारको समस्यामा पर्याप्त आवाज नउठेको महसुस गरे। त्यसमाथि संविधान आएको ८ वर्षसम्म संघीय शिक्षा ऐन पनि नबनेकोप्रति उनी आक्रोशित सुनिए।

Laxmi sunrise bank
kumari

‘हामीले सांसदलाई आवश्यक कानुन निर्माण गर्न, नीति निर्माण गर्न भनेर पठायौँ। तर अहिले पाँच वर्षपछि हेर्दा हाम्रो संघीय सांसदहरू पचास वर्षसम्म असर गर्न सक्ने शिक्षाजस्तो महत्वपूर्ण कुराको ऐन पनि नबनाई बिदा हुन लाग्नुभयो,’ उनले भने।

समग्र रुपमा देशलाई असर गर्ने यस्तै मुद्दा संसदमा खास उठ्दैनन्। बहसको तहमा पुगेन। जुन कुराले खनाललाई एकदमै छटपटी भयो। पुनः तिनै ‘असक्षम’ नेताहरू उम्मेदवार भएर आउने देखेपछि असह्य भयो। र, उनले निर्णय गरे- काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्ने।

यी तिनै खनाल हुन्, जसले गाउँमा शिक्षाको समस्या देखेपछि ‘टिच फर नेपाल’ संस्था खोलेका थिए। गाँउमा गुणस्तरीय शिक्षा र शिक्षकको अभाव देखेर टिच फर नेपाल खोलेका उनी सहरिया मध्यम आय भएका परिवारको मुद्दा उठाउन सांसद बन्न चुनाव लड्ने तयारीमा छन्। 


प्रकाशित: Aug 10, 2022| 11:13 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।