सोमबार, चैत २, २०८२

एन प्याब्सनको कार्यक्रममा ट्रिटनको सहकार्य

एन प्याब्सन काठमाडौंले आयोजना गर्ने उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र ट्रिटन इन्टरनेसनल सेकेन्डरी स्कुल तथा कलेज, सुविधानगरले सौजन्य गर्नेछ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं– राष्ट्रिय नीति तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। एन प्याब्सन काठमाडौंले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्ने भएको हो। 

National life

मौलिक संस्कृति प्रवर्धन गर्ने उद्देश्यले एन प्याबसनले आयोजना गर्ने लोकनृत्य प्रतियोगिता चौथो संस्करण हो। प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीलाई विभिन्न भाषा, धर्म, संस्कृति, रीतिरिवाजसँच परिचित गराउनु र यसको प्रवर्धन गर्नु रहेको एन प्याब्सनका अध्यक्ष खड्कबहादुर बस्नेतले बताए। 

प्रतियोगीमध्ये पहिलो हुनेलाई २० हजार नगद पुरस्कार र प्रमाणपत्र तथा ट्रफी प्रदान गरिनेछ। त्यसैगरी दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। 

चौथोदेखि दसौं स्थानसम्मको नृत्यलाई ट्रफी, प्रमाणपत्र वितरणका साथै सर्वाेत्कृष्ट भेषभूषा, नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको ट्रफी, मेडल र प्रमाणपत्र ट्रिटन इन्टरनेसनल सेकेन्डरी स्कुल तथा कलेज, सुविधानगरले सौजन्य गर्नेछ। यसैगरी नमस्ते खोप्पो टेलिभिजन भक्तपुर र लाइफ ओके टेलिभिजन पेप्सिकोलाद्वारा प्रत्यक्ष प्रसारणका साथै नृत्य प्रतियोगिताका नृत्यलाई खोप्पो र लाइफ ओके टेलिभिजनको फेसबुक र युट्युबमा समेत प्रसारण गरिनेछ।

Laxmi sunrise bank
kumari

नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा तीन जना लोक–संस्कृति एवं कलाका नृत्य विशेषज्ञ रहनेछन्। नृत्यको स्तर, र्सिजना, मौलिकता, चाल, ताल, प्रस्तुति, भेषभूषा, शृंगारलगायतका आधारमा निर्णायकबाट उचित मूल्यांकन हुने कार्यक्रम संयोजक टंकबहादुर थापाले बताए। 

कार्यक्रम ७ भदौमा प्रज्ञाभवन कमलादीमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन चाहने विद्यालयले १ भदौसम्म आवेदन दिन सक्नेछन्। संयोजक थापाका अनुसार हालसम्म ६३ विद्यालयले सहभागिता जनाउने निश्चित भएको छ भने ७५ बढी विद्यालय सहभागि हुने अपेक्षा छ। 

६४ जिल्लामा क्रियाशील प्याब्सनमा २३ सय विद्यालय आबद्ध छन् भने उपत्यकामा ४४१ विद्यालय संलग्न छन्। 

प्रकाशित: Aug 09, 2022| 16:40 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्