सोमबार, चैत २, २०८२

एमबीबीएस अध्ययनको कोटा घटाउँदै महाराजगन्ज क्याम्पस

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को आंगिक क्याम्पसको रुपमा रहेको महाराजगन्ज मेडिकल क्याम्पसले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाउन खोजेको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को आंगिक क्याम्पसको रुपमा रहेको महाराजगन्ज मेडिकल क्याम्पसले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाउन खोजेको छ। 

National life

अघिल्ला वर्षहरुमा ७६ सिट संख्यामा पढाउँदै आएको क्याम्पसमा गत वर्षदेखि एक सय सिट पुगेकोमा त्यो सिट पुनः घटाउँदै ७६ सीमित गर्नुपर्ने उसले जनाएको छ। 

आईओएमकै पदाधिकारीले नै चिकित्सा शिक्षा आयोगलाई पत्र लेख्दै एमबीबीएसको सिट संख्या घटाउन माग गरेका छन्। आईओएमले एमबीबीएस, बी फार्मेसी लगायतका विषयको सिट संख्या घटाउन माग गरेको हो। आईओएमले पठाएको पत्रमा  कक्षा कोठा र शिक्षकको अभाव भएकाले एक सय सिट क्षमतामा पढाउन नसकिने जनाएको हो।

अघिल्लो शैक्षिक सत्रबाट एक सय विद्यार्थी पढाउन सुरु गरेको आईओएमले पुनः सिट संख्या घटाउन आयोगलाई पत्र लेखेको हो। ‘सिट संख्या कम गराउनका लागि पत्र आएको थियो। हामीले सिट संख्या कम गराएनौं। यस वर्ष पनि सिट संख्या कम गराउनका लागि पत्र आएको छ। पत्रमा ७६ सिट संख्या तोकिदिन भनिएको छ,’ आयोगका सदस्य सचिव भोजराज काप्लेले  भने।

आईओएमले गत चैतमा पठाएको पत्रमा एमबीबीएसतर्फ एक सय विद्यार्थीलाई झारेर ७६ बनाउने, बी फार्मेसीतर्फ गत वर्ष ३० विद्यार्थी संख्या भर्ना भएकोमा त्यसलाई घटाएर २० बनाउनु पर्ने र बीएससीएम एलटीतर्फ १५ बाट १० बनाउने व्यवस्था गरिदिन अनुरोध गरिएको छ।  

Laxmi sunrise bank
kumari

आईओएमले दुई पटकसम्म आयोगलाई सिट संख्या घटाइदिन भन्दै पत्र पठाएको छ। पहिलोपटक पत्र पठाएपछि आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आईओएमका पदाधिकारीसँग बसेर सिट संख्या घटाउन नहुने भन्दै छलफल गरेका थिए तर सो छलफलपछि पनि आईओएमले पुनः सिट संख्या घटाउन भन्दै आयोगलाई पत्र पठाएको थियो। 

आयोगका योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक डा. रमेशप्रसाद आचार्यका अनुसार आईओएमले सय सिट संख्यामा पढाउनै सक्दैनौं, ७६ सिट निर्धारण गरिदिनुस् भनेको छ, तर आयोगले पुरानै सिट संख्या कायम गरिदिएको छ। 

आचार्यले सरकारको नीतिविपरीत पटक पटक सिट संख्या घटाउनका लागि ताकेता गर्नु दुखद् भएको बताए। क्याम्पसमा सय सिटका लागि पर्याप्त कक्षाकोठा र जनशक्ति छैन भन्दै सिट संख्या घटाउन भनिरहेको छ। तर आयोगले महाराजगन्ज क्याम्पसका लागि एमबीबीएसमा एक सय सिट नै निर्धारण गरिदिएको छ।  

निजी मेडिकल कलेजले १५०  सिटसम्म पढाउन सक्ने र सिट संख्या बढाउन माग गरिरहँदा आईओएमले भने पाएको सिट संख्या पनि घटाउन खोज्नु लज्जास्पद भएको आयोगका अधिकारीहरु बताउँछन्।

प्रकाशित: Aug 09, 2022| 11:03 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्