सोमबार, वैशाख २४, २०८१

स्वास्थ्य सेवा विभागले किन्यो प्रयोग गर्नै नमिल्ने २० लाख थान सिरिन्ज

विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि खरिद गरेको उक्त सिरिन्ज प्रयोग गर्न नमिल्ने भएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्तपालले विभागमा नै फिर्ता पठाएको छ।
 |  मंगलबार, साउन २४, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, साउन २४, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले प्रयोग गर्नै नमिल्ने २० लाख थान एन्टिरेबिज सिरिन्ज खरिद गरेको छ। रेबिजविरुद्धको खोप लगाउन प्रयोग गर्नका लागि भनेर किनिएको सिरिन्ज प्रयोग गर्नै नमिल्ने देखिएपछि विभागमा  विवादित बनेको छ। प्रयोग गर्न नै नमिल्ने ठूलो मात्रामा सिरिन्ज खरिद गरिनु आश्चर्यजनक भएको विभागकै कर्मचारीहरूको भनाइ छ। 

triton college

विभागकै तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष १ लाख ५० हजार मात्र यस्तो सिरिन्ज खपत हुने गरेको छ। तर तीन वर्ष म्याद भएको सिरिन्ज २० लाख थान खरिद गरिएको छ, त्यो पनि कुनै प्रयोग गर्न मिल्ने मापदण्डको छैन।

'यो सिरिन्ज खरिदमा कसैसँग परामर्श लिइएको देखिएन। सिरिन्ज प्रयोग गर्न नमिल्ने भन्दै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्तपालले विभागमा नै फिर्ता पठाएको छ,' विभागका कर्मचारी भन्छन्, 'यो विभागकै निर्णायक तहका कर्मचारीको कमजोरी हो।' 

विभागले २० लाख थान एन्टिरेबिज सिरिन्ज ७७ लाख ६० हजारमा खरिद गरेको थियो। तर ३ वर्ष मात्र म्याद भएका ती सिरिन्ज अनावश्यक रूपमा बढी मात्रामा खरिद गरिएको मात्र नभएर प्रयोग गर्न नै नमिल्ने भएपछि विभागका कर्मचारीहरूको तीव्र बेवास्ता वा बजेट खर्चको मोह मात्र रहेको प्रष्ट भएको छ।  

विभागकै तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष १ लाख ५० हजार मात्र यस्तो सिरिन्ज खपत हुने गरेको छ। तर तीन वर्ष म्याद भएको सिरिन्ज २० लाख थान खरिद गरिएको छ, त्यो पनि कुनै प्रयोग गर्न मिल्ने मापदण्डको छैन।

सरुवा रोग (टेकु) अस्पतालमा दैनिक तीन सयको हाराहारीमा एन्टिरेबिज सिरिन्जको प्रयोग हुँदै आएको छ। अस्पताललाई प्राप्त भएको एक लाख सिरिन्ज प्रयोग गर्न नै नमिल्ने भएपछि फिर्ता गरिएको अस्पतालले पुष्टि गरेको छ। सल्लाह बिना हचुवाको भरमा जथाभावी निर्णय गरेर खरिद गर्दा समस्या आएको अस्पताल प्रशासनको भनाइ छ। 

corrent noodles
Metro Mart

देशमा सबैभन्दा बढी एन्टिरेबिज सिरिन्ज प्रयोग हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल हो। अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार गत वर्ष अस्पतालमा एक लाख भन्दा बढीलाई रेबिजविरुद्धको सिरिन्ज प्रयोग गरिएको छ। गतवर्ष १ लाख २० हजारलाई रेबिजको सुई लगाइएको अस्पतालले जनाएको छ।

रेबिजको सुई छालामा लगाइन्छ। रेबिसको सुई लगाउन २७ गेजको सिरिन्ज प्रयोग गरिँदै आइएको छ। तर विभागले खरिद गरेको सिरिन्ज २२ गेजको सिरिन्ज हो। 'विभागले २२ गेज (ठूलो निडल) भएको सिरिन्ज खरिद गरेको रहेछ। तर हामीले प्रयोग गर्दै आएको २७ गेज (सानो निडल) भएको सिरिन्ज हो,' टेकु अस्पतालका एक कर्मचारीले भने, 'विभागले खरिद गरेको सिरिन्ज मासु र छाला कहीँ पनि लगाउन नमिल्ने खालको छ। यसमा सिरिन्ज ल्याउनेको कुनै कमजोरी छैन, तर सिरिन्ज ल्याउनका लागि निर्णय गर्नेहरुले सल्लाह नगरी खरिद गरेकाले यस्तो समस्या आएको हो।’ हरेक वर्ष लाखौंको संख्यामा प्रयोग हुने सिरिन्ज खरिद गर्दा मापदण्डमा ध्यान नदिनु गलत भएको उनको भनाइ छ। 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरासियाले एन्टीरेबिज सुईका विषयमा विभागमा छलफल भइरहेको बताउँछन्। ‘विभागले अघिल्लो आर्थिक वर्षको नियमित बजेटमा मगाएको २० लाख सिरिन्ज आएको हो। तर अहिले प्रयोग गर्न नमिल्ने भनेर कुरा आइरहेको छ। त्यसबारे हामीले वास्तविकता बुझ्नका लागि छलफल गरिरहेका छौं,’ उनले भने, 'प्रयोग गर्न नमिल्ने सिरिन्ज किनेर ल्याएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई छलफलमा बोलाएको छ।' 

महाशाखाले दिएको सिरिन्ज प्रयोग गर्न नमिलेपछि टेकु अस्पताल आँफैले सिरिन्ज खरिद गरेर प्रयोग गर्न थालेको छ। सरकारले ३ वर्षसम्म म्याद भएको सिरिन्ज ल्याएको हो। तर सिरिन्ज प्रयोग गर्न नमिल्दा समस्या देखिएको छ।  

चौरासियाका अनुसार हाल विभागले सबै ठाउँमा सिरिन्ज पठाइसकेको छ। शुक्रराज अस्पतालले फिर्ता पठाएपनि अन्य अस्पतालको रिपोर्ट प्राप्त हुन बाँकी छ। 'टेकुबाहेकका ठाउँमा पठाइएको सिरिन्ज फिर्ता आएको छैन, अन्य ठाउँमा प्रयोग भए/नभएकोबारे जानकारी आएको छैन,' चौरासियाले भने।

महाशाखाले दिएको सिरिन्ज प्रयोग गर्न नमिलेपछि टेकु अस्पताल आँफैले सिरिन्ज खरिद गरेर प्रयोग गर्न थालेको छ। सरकारले ३ वर्षसम्म म्याद भएको सिरिन्ज ल्याएको हो। तर सिरिन्ज प्रयोग गर्न नमिल्दा समस्या देखिएको छ।  

एकातर्फ प्रयोग गर्न नमिल्ने सिरिन्ज खरिद गरिएको छ भने अर्कोतर्फ तीन वर्ष मात्रै म्याद भएका सिरिन्ज खरिद भएको छ। देशमा सबैभन्दा धेरै टेकु अस्पतालमा बार्षिक १ लाख १० हजार सिरिन्ज खपत हुन्छ भने अन्य अस्पतालमा ३० देखि ४० हजार सिरिन्ज खपत हुन्छ। देशभर बार्षिक डेढलाखको हाराहारीमा एन्टिरेबिज सिरिन्ज खपत हुन्छ।

अहिलेको प्रयोगको आधारमा हिसाब गर्दा २० लाख सिरिन्जले १३ वर्षका लागि पुग्ने देखिन्छ। एक त प्रयोग गर्न नमिल्ने र प्रयोग गर्न नै मिलेको भएपनि ठूलो परिणाममा खरिद गरिनुले यो विषय शंकास्पद भएको विभागकै कर्मचारी बताउँछन्। कुकुरको टोकाइपछि एन्टिरेबिज खोप लगाउनुपर्छ। 

प्रकाशित: Aug 09, 2022| 08:35 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्