बुधबार, माघ ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

Siddartha premir insuranceSiddartha premir insurance

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।
 |  सोमबार, साउन २३, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, साउन २३, २०७९

ntc landingntc landing

काठमाडौं- २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको हत्यारा अझसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीले विभिन्न चरणमा लामो समयसम्म गरेका अनुसन्धानहरू विभिन्न कारणले बिथोलिएपछि निर्मला प्रकरण अझ जटिल मोडमा छ। प्रहरीले हत्यारा पत्ता लगाउने प्रयास भइरहेको बताउँदै आएको छ।  

himalayan bank box

प्रहरी अनुसन्धानको क्रममा हत्याको अभियोगमा पक्राउ परेका भीमदत्त नगरपालिकाकै ४१ वर्षीय दीलिपसिंह विष्टले प्रहरीबाट 'सफाइ' पाइसकेका छन्। तर उक्त प्रकरणमा ‘शंकास्पद दोषी’का रूपमा अनुसन्धानको घेरामा परेका तिनै विष्टद्वारा अर्की किशोरीमाथि दुर्व्यवहार भएको घटना बाहिरिएको छ। निर्मलाको शव भेटिएको उखुबारीभन्दा ७० मिटर परको कल्बर्टमा विष्टले ती किशोरीमाथि दुर्व्यवहार  गरेको पीडित परिवारले बताएको छ। 

निर्मला प्रकरणमा प्रहरीको ‘लेन्स’मा परेका विष्टले भीमदत्त नगरपालिका-२ की कक्षा १२ मा पढ्ने १६ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो। साउन १२ गते साइकलमा हिँडिरहेकी ती किशोरीलाई रोकेर दुर्व्यवहार गरेका हुन्। नेपाल समयको सम्पर्कमा आएका किशोरीका एक अभिभावकका अनुसार विष्टले ती किशोरीको हात तानेर जर्बजस्तीको प्रयास गरेका थिए। त्यहाँबाट फुत्किएर भागेकी किशोरीले घर पुगेर अभिभावकलाई बताएकी थिइन्। 

 प्रहरीले विभिन्न चरणमा लामो समयसम्म गरेका अनुसन्धानहरू विभिन्न कारणले बिथोलिएपछि निर्मला प्रकरण अझ जटिल मोडमा छ। प्रहरीले हत्यारा पत्ता लगाउने प्रयास भइरहेको बताउँदै आएको छ।  

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। उक्त आरोप विष्टले प्रहरीसमक्ष स्वीकार पनि गरेको बताइएको छ। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई बलिको बोको बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। विष्टलाई जोगाउन त्यसबेला आन्दोलन गर्ने परिवारकै सदस्य अहिले तिनै विष्टबाट दुर्व्यवहार भोगेकी हुन्। 

‘उतिबेला हामी नै पनि त्यस्तो मानसिक समस्या भएको व्यक्तिले के अपराध गर्‍यो होला र भनेर आन्दोलनमा उत्रिएका थियौँ,’ पीडित किशोरी अभिभावकले भने, ‘तर पछिल्लो समय निरन्तर त्यो व्यक्तिले त्यही क्षेत्रमा यस्ता क्रियाकलाप गरिरहेको स्थानीय महिला र किशोरीले बताउँदै आएका थिए। अहिले हाम्रै परिवारकी सदस्य दुर्व्यवहार परेकी छन्।’ 

दीलिपले किशोरीमाथि दुर्व्यवहार गरेको बताएका ती अभिभावकले प्रहरीमा भने उजुरी नदिएको बताए। ‘परिवारमा म नै अभिभावक हुँ। म अहिले बाहिर छु, फोनबाट हाम्रो परिवारकी सदस्यमाथि दीलिपले दुर्व्यवहार गरेको जानकारी पाएको छु। भोलि घर गएपछि बुझेर उजुरी दिन्छु,’ उनले भने। 

के थियो २०७५ को घटना?
साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला साँझ अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी शुरु गरेको थियो। राति २ बजेसम्म खोजी गर्दा पनि फेला नपरेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। निर्मलाकी आमा दुर्गादेवी पन्तले राति नै प्रहरीकोमा गएर छोरी खोजीदिन आग्रह गरेपनि प्रहरीले 'भोलि आउनू' भनेर फर्काइदिएको थियो।

त्यसको भोलिपल्ट (साउन ११ गते) उखुबारीमा कपडा खोलिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो। निर्मलाको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले आरोपी पत्ता लगाउन आन्दोलन गरेका थिए।

प्रकाशित: Aug 08, 2022| 21:21 सोमबार, साउन २३, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।