सोमबार, चैत २, २०८२

राष्ट्रिय परिचय पत्र भएकाले मात्रै एकीकृत परीक्षा दिन पाउने

एकीकृत परीक्षाको विश्वसनीयता बढाउनका लागि यस्तो निर्णय गरिएको आयोगले जनाएको छ। आयोगले राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आवद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएको जानकारी दिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै आयोगले परीक्षाको विश्वसनीयता अझ बढाउन राष्ट्रिय परिचय अनिवार्य गरिएको जनाएको हो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रिय परिचय पत्र भएकाले मात्रै एकीकृत परीक्षा दिन पाउने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको छ। एकीकृत परीक्षाको विश्वसनीयता बढाउनका लागि यस्तो निर्णय गरिएको आयोगले जनाएको छ। आयोगले राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आवद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएको जानकारी दिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै आयोगले परीक्षाको विश्वसनीयता अझ बढाउन राष्ट्रिय परिचय अनिवार्य गरिएको जनाएको हो। 

पत्रकार सम्मेलनमा आयोगले केशरमहल भवनको पुर्नसबलीकरण गरेर केशरमहलको तेस्रो तलामा आयोगको कार्यालय सार्न लागिएको जनाएको छ। जसका लागि शिक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको पनि आयोगले जनाएको छ। हाल भक्तपुरको सानोठिमीमा रहेको आयोगलाई मन्त्रालयले केशरमहलको भवनमा सर्नको लागि पत्र पठाएको हो।

प्रकाशित: Aug 08, 2022| 20:33 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्