बिहीबार, वैशाख ३१, २०८३

विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासा बढे : शिक्षामन्त्री पौडेल

मेडिकल शिक्षा एकै दिन दुई ‘सिफ्ट’मा पढाउने सरकारी निर्णय कार्यान्वयनमा शिक्षामन्त्रीको जोड।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

National life

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मेडिकल विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो बढेको बताएका छन्। सोमबार चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन्। 

‘नर्सिङलगायतका विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासा आएका छन्’, मन्त्री पौडेलले भने, ‘कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔं।’ मेडिकल शिक्षा एकै दिन दुई ‘सिफ्ट’मा पढाउने सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएको बताउँदै उनले कार्यान्वयन गर्न निर्देशन दिए। 

‘दुई सिफ्टमा पढाउने सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ,’ मन्त्री पौडेलले निर्देशन दिँदै भने, ‘यसलाई कार्यान्वयन गरौं। आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थ मन्त्रालयसँग बजेट मागौं।’

प्रकाशित: Aug 08, 2022| 15:58 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्