बिहीबार, वैशाख ३१, २०८३

चिकित्सा शिक्षा स्नातक तह सःशुल्कतर्फको भर्ना सूची विश्वविद्यालय तथा प्रतिष्ठानमा पठाइयो

चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फको पहिलो भर्ना सूची कलेजलाई पठाइएको छ।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

National life

काठमाडौं- चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फको पहिलो भर्ना सूची कलेजलाई पठाइएको छ। चिकित्सा शिक्षा आयोगले आइतबार सःशुल्कतर्फको पहिलो भर्ना सूची सबै विश्वविद्यालय तथा प्रतिष्ठानलाई पठाएको हो।

भर्नाको म्याद २६ गतेसम्म तोकिएको छ। भर्नाको म्याद सकिएपछि २७ गते कुन कार्यक्रमा कति विद्यार्थी भर्ना भए भन्ने विवरण पठाउन आयोगले आग्रह गरेको छ। सशुल्कतर्फको पहिलो भर्नासूची आयोगले शनिबार राति प्रकाशन गरेको थियो।

अब पहिलो भर्ना सूचीपछि बाँकी रहेका सिटका लागि आयोगले दोस्रो भर्ना सूची प्रकाशन गर्नेछ।

प्रकाशित: Aug 08, 2022| 11:13 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्