शुक्रबार, साउन १, २०८३

सिभिल बैंकको सहयोग बालविकास समाजलाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा बालविकास समाजलाई दुई लाखको चेक हस्तान्तरण गरेको छ । 

चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यद्वारा बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरेका छन् । 

कार्यक्रममा बालविकास समाजका सञ्चालक समिति, सरकारी पदाधिकारीहरुको सहभागिता थियो । 

सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्तरगत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथबालकहरूको कक्षा १०सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्