सोमबार, चैत २, २०८२

धादिङमा हेमो डायलायसिस सेवा सुरु

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङ अस्पतालमा निर्माण गरिएको हेमो डायलायसिस सेवा सुरु गर्दै प्रदेश सरकारले यस सेवालाई निरन्तरता दिन सहयोग गर्ने बताए।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

धादिङ- धादिङ अस्पतालले आजदेखि होम डायलायसिस सेवा सुरु गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङ अस्पतालमा निर्माण गरिएको हेमो डायलायसिस सेवा सुरु गर्दै प्रदेश सरकारले यस सेवालाई निरन्तरता दिन सहयोग गर्ने बताए।

National life

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा हेमो डायलायसिसकक्ष र सघन उपचारकक्षको निर्माण सम्पन्न गरेपछि सेवा सञ्चालनमा ल्याएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले बताए।

एकै पटकमा चार जनाको डायलायसिस गर्न सकिने भौतिक संरचना बनाएको छ। सघन उपचारकक्ष पनि साथमै तयार गरिएको छ। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत धादिङ, नुवाकोट, सिन्धुलीमा समेत डायलायसिस सेवा सञ्चालन गर्ने गरी काम भएको छ।

जिल्लामै डायलायसिस सेवा सञ्चालन भएपछि नियमित डायलायसिस गराइरहेका दुई सय जनाले जिल्लामै सेवा पाउने भएका छन्। धादिङमा सञ्चालनमा आएको डायलायसिस सेवा नियमित सञ्चालन गर्न कर्मचारी अभाव भए पनि हप्तामा एक दिन सञ्चालन गरिने मेडिकल सुपरिटेण्डेन्ट डा दाहालले बताए।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य डा रामकुमार अधिकारीलगायतले सम्बोधन गर्दै धादिङ अस्पतालको गुणस्तर बढ्दै गएकामा प्रशंसा गरे। पच्चीस शय्याको उक्त अस्पताल हालै ७५ शय्यामा स्तरोन्नति भई सञ्चालनमा रहेको छ।

Laxmi sunrise bank
kumari


प्रकाशित: Aug 07, 2022| 06:36 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्