शनिबार, असोज १३, २०८०

जनशक्ति अभावले थलियो कर्णालीको जलस्रोत मन्त्रालय

मन्त्रालयले कर्मचारी अभावका कारण ३३८ योजना कार्यान्वयनमा ल्याउन नसकेको हो।
 |  शनिबार, साउन २१, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

जाजरकोट– भौगोलिक रूपमा विकटताका साथै जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८÷७९ मा कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ। मन्त्रालयले कर्मचारी अभावका कारण ३३८ योजना कार्यान्वयनमा ल्याउन नसकेको हो। 

sagarmatha cement

२ हजार ७२५ मध्ये ३३८ योजनाको काम नगरी बजेट फिर्ता भएको छ। योजना छनोट हुनुपूर्व अध्ययन नहुनु पनि योजना फिर्ताको अर्को कारण हो। खानेपानीतर्फ मात्र २७४ योजना क्रमागतमा राखेर काम गर्नुपरेको मन्त्रालयले जनाएको छ। सिँचाइतर्फ २४३ योजना क्रमागत छन्। तटबन्ध तथा पहिरो व्यवस्थापनतर्फ क्रमागत योजनाको संख्या ६७ छ। 

योजना निर्माण गर्दा वस्तुनिष्ठ र सम्भाव्यता अध्ययन गरेर मात्र सिफारिस गरेको भए यी सबै तोकिएको समयमा निर्माण हुने कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए। उनका अनुसार अघिल्लो सरकारले ल्याएका ४० प्रतिशत अधुरा योजना आफ्नो पालामा निर्माण गर्ने र नयाँ योजनामा विस्तृत योजना प्रतिवेदनका साथै पूर्वसम्भाव्यता अध्ययन गरी काम थालिने उनको भनाइ छ।

मन्त्रालयमा अहिले ३ हजार हाराहारी नयाँ योजनाको प्रस्ताव आएकामा सबै योजना निर्माण गर्ने खालका हुन्÷होइनन् भन्ने कुरा प्राविधिक रूपमा अध्ययन गर्न लागिएको मन्त्री सिंहले जानकारी दिए। विद्युतीकरणका लागि छुट्याएको रकममा समेत सबै अध्ययन कार्य जारी रहेको उनको भनाइ छ। 

मन्त्रालयले आवश्यक सांगठनिक संरचना र कर्मचारी अभाव झेलिरहेको छ। मातहतका कार्यालय र प्राविधिक जनशक्ति नहुँदा प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका काम प्रभावित बनेका छन्। 

मन्त्रालयमा ६० प्रतिशत प्राविधिक जनशक्तिको पद रिक्त छ। ऊर्जा क्षेत्रका एउटा पनि प्राविधिक छैनन्। सेवा क्षेत्र विस्तार हुँदै गए पनि मन्त्रालयमा सोहीअनुसार जनशक्ति र मातहतका कार्यालय व्यवस्थापन हुन नसकेको हो। 

कर्णाली उज्यालो र ऊर्जासम्बन्धी कार्यक्रमसमेत कार्यान्वयन गर्ने गरी मन्त्रालयको कार्यक्षेत्र विस्तार भएको छ। अभावका कारण अपेक्षित प्रगति हासिल गर्न कठिनाइ हुने गरेको मन्त्रालयका निमित्त सचिव गोपाल शर्मा बताउँछन्। 

मन्त्रालयले नागरिकका मौलिक हकसँग सम्बन्धित खानेपानी, सरसफाइ, ढल निकास, सिँचाइ तथा ऊर्जा र नदी नियन्त्रण क्षेत्रमा काम गर्नुपर्ने हुन्छ। १० वटै जिल्लामा मन्त्रालय मातहतका कार्यालय स्थापना गरिएका छन् तर त्यहाँ पनि जनशक्ति अपुगको समस्या उस्तै छ। मन्त्रालय र मातहतका कार्यालयमा गरी जम्मा २२२ कर्मचारीको स्थायी दरबन्दी छ। त्यसमध्ये दरबन्दीमा १०१ र १७ करारमा कार्यरत छन्। ८७ कर्मचारीको पद रिक्त छ।–रासस

प्रकाशित: Aug 06, 2022| 16:07 शनिबार, साउन २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

अर्थ समितिको कार्यविधि स्वीकृत, व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सदस्य अलग हुनैपर्ने

समितिको कार्यक्षेत्रभित्र अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय पर्छन्।
नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

नेपालबाट ३० वटा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ।
नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालसँग द्विपक्षीय हवाई सम्झौता गरिएका मुलुकको संख्या ४०, तीन देश थपिँदै

नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको हो।
राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

राष्ट्र बैंकले उठाइदियो सरकारको सवा ४४ अर्ब बढी आन्तरिक ऋण

तथ्यांकअनुसार राष्ट्र बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड रुपैयाँ सरकारको आन्तरिक ऋण उठाएको हो।
१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

१३ अर्ब बढीको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक

८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘ग’ बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको हो।