सोमबार, चैत २, २०८२

मकवानपुरमा डेंगुका बिरामी फेला

अहिले डेंगुका बिरामीको चितवनको भरतपुर, काठमाडौं र हेटौँडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

मकवानपुर- हेटौँडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेंगुको प्रकोप बढ्दै गएको छ।यी चारै वटै वडामा करिब ४० जना डेंगुका संक्रमित फेला परेको हेटौँडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ।

National life

अहिले डेंगुका बिरामीको चितवनको भरतपुर, काठमाडौं र हेटौँडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए।

वडा नं ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याँक्ने कार्य भइरहेको पनि उनले बताए।

यसैगरी उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेंगु रोग पहिचानका लागि तथ्याङ्क संकलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीहरूको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए।

डेंगु विरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै संक्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उनले जानकारी दिए। विगत डेढ वर्ष अघि पनि वडा नं ४, ५ र १० मा डेंगुका बिरामी फेला परेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 06, 2022| 14:27 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्