सोमबार, चैत २, २०८२

गोदावरीमा निःशुल्क रेबिजको भ्याक्सिन

कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो।
 |  शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९

ललितपुर- गोदावरी नगरपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्क रूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने  भएको छ। कुनै पनि व्यक्तिलाई कुकुरले टोकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो। 

National life

गोदावरी–५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ११ को बज्रवाराही चापागाउँ अस्पताल र वडा नं १४ को बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त खोप दिइने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले जानकारी दिए।

उनले भने, 'नगरवासीको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर हामीले खोपको व्यवस्था गरेका हौं।' सो खोप गोदावरीका मात्र नभई अन्य पालिकाका नागरिकलाई समेत निःशुल्क लगाइने थापाले बताए। 

स्वास्थ्य सेवा विभागको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको पहलमा ललितपुरका ६ पालिकामध्ये गोदावरीमा सो खोपको  व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए।

उनले भने,'गोदावरीमा रेबिजबाट कोही पनि संक्रमित नहुन् भनी भ्याक्सिनको व्यवस्था गरेका हौँ।' यसअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् पाटन अस्पतालमा मात्र उक्त खोपको व्यवस्था थियो। कुकुरले टोकेमा रेबिजको भ्याक्सिन सुरुको दिनमा दुई मात्रा, लगाएको तीन दिनमा दुई मात्रा र सातौँ दिनमा दुई मात्रा लगाउनुपर्ने हुन्छ।    -रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 05, 2022| 10:07 शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्