सोमबार, चैत २, २०८२

५९ जिल्ला पुग्यो डेंगु, ६०४ संक्रमित भेटिए

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले ५९ जिल्लामा डेंगु संक्रमित भेटिएको जानकारी दिएको छ। ती जिल्लामा ६०४ वटा डेंगुका केस भेटिएको महाशाखाले जानकारी दिएको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले ५९ जिल्लामा डेंगु संक्रमित भेटिएको जानकारी दिएको छ। ती जिल्लामा ६०४ वटा डेंगुका केस भेटिएको महाशाखाले जानकारी दिएको हो। 

रुपन्देहीमा १२३ जना डेंगुका बिरामी पुष्टि हुँदा काठमाडौँमा ६१ र ललितपुरमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। धादिङमा ५५ र संखुवासभामा ३२ जना भेटिँदा बर्दियामा २१ जना बिरामी पुष्टि भएको महाशाखाले जानकारी दिएको छ। भक्तपुरमा ३ जना मात्र डेंगुका बिरामी भेटिएका छन्। एक महिनामा मात्रै ३९८ जनामा डेंगु पुष्टि भएको सरकारको तथ्यांक छ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ। बर्खायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले यसको टोकाइबाट जोखिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्। 

प्रकाशित: Aug 04, 2022| 21:43 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्