बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'बेलायती सेनामा निःशुल्क भर्ती', यस वर्ष ३२० जना छनोट हुने

'बेलायती सेनामा निःशुल्क भर्ती', यस वर्ष ३२० जना छनोट हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा : बेलायती सेनामा भर्ती हुन कुनै शुल्क नलाग्ने ब्रिटिश गोर्खाज पोखराले स्पष्ट पारेको छ। बेलायती सेनामा भर्ती हुन परीक्षा दिएका युवाको परिवारसँग नाम निकालिदिन्छु भन्दै दलालले मोटो रकम लिने गरेको पत्तो पाएपछि ब्रिटिश गोर्खाज पोखराले पहिलो पटक पत्रकार डाकेर भर्ती निःशुल्क हुने स्पष्ट पारेको हो। 

पोखरामा अहिले सन् २०१९ का लागि बेलायती सेना र सिङ्गापुर पुलिसका लागि छनोट प्रक्रिया भइरहेको छ । यसै क्रममा छनोट प्रक्रियामा सहभागी युवाका अभिभावक दलालबाट सचेत बनुन भन्ने उद्देश्यले ब्रिटिश गोर्खाज पोखराले पत्रकार सम्मेलन गरेर बेलायती भर्ती निःशुल्क हुने स्पष्ट पारेको अन्‍नपूर्ण दैनिकमा खबर छ। 

छनोट प्रक्रियामा सहभागी युवाका अभिभावकबाट छनोट हुनु अघि तीन लाख एडभान्स र छनोट भएपछि २० लाखसम्म टे«निङ सेण्टर र अन्य दलालले लिने गरेको गुनासो आएको ब्रिटिश गोर्खाज पोखराले बताएको छ।

शैक्षिक तथा शारीरिक क्षमता र चरित्र बेलायती सेनामा भर्ती हुने प्रमुख आधार रहेको ब्रिटिश गोर्खाज पोखराका प्रमुख मेजर स्याण्डी नाइटिङ्गलले बताए । यसरी बेलायती सेनामा छानिएका युवा ब्रिगेड अफ गोखार्जको हिस्साको रुपमा रहने छन्। 

बेलायती सेनामा नेपाली नागरिकलाई लिदा सधै नै निःशुल्क, निष्पक्ष र पारदर्शी रहने गरेको उनले स्पष्ट पारे । बेलायती सेनामा भर्ती हुन कुनै जात, रंगको आधारमा भेदभाव नगरिएको डेपुटी रेक्रुटीङ अफिसर समेत रहेका मेजर नाइटिङ्गलको भनाइ छ।

प्रत्येव वर्ष बेलायती सेनाका लागि भर्ती खुल्नुअघि नेपालका प्रत्येक जिल्लामा पुगेर स्थानीय नागरिकलाई छनोट प्रक्रियाको बारेमा जानकारी गराउँदै आएको ब्रिटिश गोर्खाज पोखराका उपप्रमुख क्याप्टेन महेन्द्र पुनले बताए। 

भर्ती खुल्दा संञ्चार माध्याम पत्रिका, रेडियोमा विज्ञापन दिनुको साथै अनलाइनमा सूचना राखेको उनले सुनाए । बेलायती सेनामा भर्तीका लागि छनोट परीक्षा पोखरा र धरानमा हुँदै आएको छ । केन्द्रीय छनोट भने ब्रिटिश गोर्खाज पोखरामा संचालन हुँदै आएको उनले बताए । 

आफ्नै क्षमता र दक्षताले बेलायती सेना र सिङ्गापुर पुलिसमा नाम निकालेकाको परिवारबाट दलालले पैसा लिने गरेको सुने पनि कसले कसलाई रकम दियो भन्ने खुलेको छैन । यस्तो काममा महिला पनि सहभागी छन् भन्ने सुनेको र खोजी गरिरहेको उनको भनाइ छ।

ट्रेनिङ सेन्टरले भने यस्तो काम नगरेको उनले दाबी गरे । पोखरामा २३ वटा टे«निङ सेण्टर संचालनमा छन् । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रीय समितिमा (चित्वन, बुटवल, दाङ र पोखरा गरी ४० वटा ट्रेनिङ सेण्टर रहेको उनले बताए । 

यस वर्ष बेलायती सेनामा तीन सय २० भर्ती हुँदै

बेलायती सेनामा सन् २०१९ का लागि तीन सय २० जना नेपाली युवा छनोट भइ भर्ती हुँदै छन् । ब्रिटिस गोर्खाज पोखराले नै सिङ्गापुर पुलिसका लागि पनि छनोट गर्ने छ । सिङ्गापुर पुलिसमा १ सय २० जना भर्ती हुने छन् । यति बेला ब्रिटिश गोर्खाज नदिपुर पोखरामा बेलायती सेनामा भर्तीका लागि विभिन्न चरणको परिक्षा भइरहेको छ। 

बेलायती सेनामा भर्ती हुनका लागि देशभरीबाट ८ हजार ८ सय ९१ जनाको आवेदन परेको ब्रिटिश गोर्खाज पोखराका उप कार्यालय प्रमुख क्याप्टेन महेन्द्र पुनले जानकारी दिए । गत वर्ष बेलायती सेनामा भर्ती हुनका लागि ८ हजार ६ सय जनाको आवेदन परेको थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।