बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्‍‍चनपुरमा सीडीओ अधिकारी र एसपी कडायतलार्इ पठाइयो, डीएसपी सेटी पनि तानिए

कञ्‍‍चनपुरमा सीडीओ अधिकारी र एसपी कडायतलार्इ पठाइयो, डीएसपी सेटी पनि तानिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा तारानाथ अधिकारी र जिल्ला प्रहरी प्रमुखका रूपमा एसपी कुबेर कडायतलार्इ जिम्मेवारी दिइएको छ। 

बिहीबार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलार्इ सरुवा गरिएपछि अधिकारी र कडायतलार्इ जिम्मेवारी दिइएको प्रदेश प्रहरी प्रमुख डीअार्इजी सुरज केसीले नेपाल समयलार्इ जानकारी दिए। 

प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसपी अधिकारीलार्इ विष्टको ठाउँमा खटाइएको हो।  यसैगरी, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीलार्इ पनि हेडक्वार्टर तानिएको छ। डीएसपी सेटीको ठाउँमा डीएसपी कृष्ण ओझालार्इ कञ्चनपुर पठाइएको छ।

तीन दिनअघि प्रहरीले मानसिक सन्तुलन ठीक नभएका एक जनालाई हत्याको अभियुक्त भन्दै सार्वजनिक गरेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको हो। सोही प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा सात जना घाइते भएका छन्। स्थिति थप तनावग्रस्त भएपछि एसपी र सीडीओलार्इ सरुवा गरिएको थियो। 

अहिले कञ्चनपुरमा कर्फ्यु अादेश जारी गरिएको छ। 

१३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको २७ दिनपछि छानविन समिति गठन गरेको छ। 

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो। समितिको सदस्यमा डीअार्इजी रामप्रसाद श्रेष्ठ, सशस्त्रका डीअार्इजी वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र उपसचिव वीरेन्द्र केसी छन्। 

यसअघि सुदुरपिश्चमका सांसदहरूले उक्त घटनालाई गम्भीर रूपमा लिन र आवश्यक कदम चाल्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए।

गत १० साउनमा घरबाट साथीको घरमा पढ्न भनी गएकी १३ वर्षीया निर्मला अर्को दिन ११ गते मृत अवस्थामा फेला परेकी थिइन्।

यो पनि पढ्नुहोस्

निर्मला हत्या प्रकरण: प्रहरीको गोली लागेर सात जना घाइते

निर्मला हत्या प्रकरण: एसपी विष्टको पुतला बनार्इ बजार परिक्रमा, स्थिति तनावग्रस्त

निर्मला हत्‍या प्रकरण: छानबिनका लागि उच्चस्तरीय कार्यदल गठनको माग

निर्मला हत्या प्रकरण: २७ दिनपछि छानविन समिति, हटाइए सीडीओ र एसपी

निर्मला हत्या प्रकरण: २७ दिनपछि छानविन समिति, हटाइए सीडीओ र एसपी



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।