आइतबार, असोज १८, २०८३

कलाकारले लाए कोरोनाविरुद्धको खोप

कलाकार तथा चलचित्रकर्मीले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं- कलाकार तथा चलचित्रकर्मीले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। नेपाल चलचित्र कलाकार संघले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करिब १ हजार ६०० चलचित्रकर्मीलाई खोपको व्यवस्था गरेको हो। ललितपुरको एक पार्टी प्यालेसमा व्यवस्था गरिएको खोप लगाउने कार्यक्रममा उनीहरू संवेदनशील देखिन्थे। 

कोभिड-१९ का कारण यस क्षेत्रका आफ्ना साथीभाइ, शुभेच्छुक तथा आफन्तलाई गुमाउनु परेको पीडा बोध उनीहरूमा देखिन्थ्यो।   

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको खोप महत्वपूर्ण भएको बताए। उनले यस कार्यक्रमले आमजनतामा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे। जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले उक्त जिल्लामा दुई लाख ९२ हजार नागरिकलाई पहिलो तथा दुई लाख १० हजारलाई दोस्रो खोप लगाइएको अभिलेख प्रस्तुत गरे।

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, स्वास्थ्यकर्मी झलक गौतम, अनिल थापालगायत सहभागिता रहेको कार्यक्रममा चलचित्रकर्मी भुवन केसी, जिया केसी, पल शाह, पुष्प खड्का, श्याम राईलगायत खोपसम्बन्धी प्रचारप्रसार गरेका थिए। 

संघका अध्यक्ष रवीन्द्र खड्काले महामारीको समयमा सबै नागरिकलाई सरकारले खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए। वरिष्ठ कलाकार मोहन निरौलाले उक्त सङ्घले विभिन्न समयमा गरेको सामाजिक कार्यको सराहना गरे। रासस

प्रकाशित: Aug 08, 2021| 21:01 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।