आइतबार, वैशाख २८, २०८२

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा...

शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका हुन्।
 |  बुधबार, साउन १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

vianetvianet

दाङ- दिउँसो विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने बारीमै काम गरिरहेका हुन्छन्। शान्तिनगर गाउँपालिका–४ गिधनियाका उनले छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्।

triton college

शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका हुन्।

‘दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु,’ उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने बताए।

खेती गरेको एक वर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भए पनि केही समयपछि मनग्य आम्दानी गर्ने उनको धोको छ। ‘तत्कालन आम्दानी लिन सकिएको छैन। केही समयपछि मनग्य आम्दानी हुन्छ भन्ने अपेक्षा गरेको छु,’ उनले भने। अबको दुई वर्षपछि उनले अवकाश लिँदै छन्। लामो समय एउटै विद्यालयमा पढाउँदै आएका उनले अवकाश पछि पूर्णरूपमा व्यावसायिक कृषि खेती गर्ने बताए।

आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतीबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेतीतर्फ प्रोत्साहन गर्ने योजना छ। उनले आफू त्यस क्षेत्रको उदाहरणीय किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट अरूलाई पनि आकर्षित गराउने योजना रहेको बताए।

National life insurance

पहिलेदेखि नै कृषि खेतीप्रति चासो रहे पनि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसके पनि पछिल्लो समय भने समय निकालेर व्यावसायिक खेती गर्ने गरेको उनले बताए।  -रासस

प्रकाशित: Aug 03, 2022| 06:19 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्