बिहीबार, असार ३२, २०८३

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संवैधानिक परिषद्को बैठकले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ। 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार दिउँसो बसेको परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।  

सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेकाहरू मध्येबाट प्रधानन्यायाधीश छान्ने कानूनी व्यवस्था छ। सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रसमशेर राणा योग्यता पुगेका थिए।

परिषद्ले वरिष्ठतमलार्इ सिफारिस गर्ने चलन छ। मिश्र आगामी पुससम्म प्रधानन्यायाधीश हुनेछन्।

यसअघि परिषद्ले सिफारिस गरेको दीपकराज जोशीलाई संसदीय विशेष सुनुवाइ समितिले अस्वीकार गरेपछि उनी बिदा बसेका छन्। उनी बिदा बसेकाले सर्वोच्चका वरिष्ठतम न्यायाधीश मिश्र कायममुकायमका रूपमा छन्।

परिषदमा प्रधानमन्त्री तथा सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।