बिहीबार, असार ३२, २०८३

कर्णाली राजमार्गमा बस दुर्घटना, तीन घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- मृत्यु मार्गका रुपमा चिनिने कर्णाली राजमार्गमा बिहीबार फेरि अर्को बस दुर्घटना भएको छ। दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन्। 

जुम्लाबाट सुर्खेत आउँदै गरेको ना ६ ख २५३६ नम्बरको बस र मान्मादेखि जुम्ला जाँदै गरेको भे १ ख १८९८ नम्बरको ट्रक एक आपसमा ठोकिदाँ कर्णाली राजमार्गको खाँडाचक्र-८ विर्तामोडमा दुर्घटना भएको हो।

‘बसलाई नदी किनाराको ढुंगाले नरोकेको भए ठूलो दुर्घटना हुन्थ्यो’ जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरज चौलागाई भने, ‘माग्यले ठूलो क्षति भएन।’ 

चौलागाईँका अनुसार दुर्घटनामा तीन यात्रु घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।

बसमा सवार रास्कोटका नविन शाहीले आफूहरु ठूलो दुर्घटनाबाट बचेको बताए। ‘मोडमा बस र ट्रक ठोक्कीए’ नविनले भने ‘भाग्य बलियो रहेछ धन्न बाँचियो।’

शाहीले भने ‘ट्रक भित्तामा ठोकियो, बसलाई नदी सडक किनाराको ठूलो ढुंगाले रोक्योे, बाँच्नु भन्ने खेलेको रहेछ।’ मोडमा ओभर स्पिडका कारण बस र ट्रक एक आपसमा ठोक्कीएको अनुमान प्रहरीको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।