काठमाडौं- १३ वर्षिय निर्मला पन्तको बलात्कारपछि हत्या भएको २७ दिनपछि छानविन समिति गठन गरेको छ।
उक्त घटनको यथार्थ छानविन तथा स्थिति तनावग्रस्त हुँदै गएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमारबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टलार्इ सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ।
गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो। समितिमा सदस्यमा प्रहरी नायब महानिरीक्षक राम प्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी नायब महानिरीक्षक वसन्त बानियाँ, अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, उपसचिव विरेन्द्र केसी छन्।
यसअघि सुदुरपिश्चमका सांसदहरुले उक्त घट्नालाई गम्भीर रुपमा लिन र आवश्यक कदम चाल्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासंग भेट गरेका थिए।
तीन दिनअघि प्रहरीले मानसिक सन्तुलन ठिक नभएका एक जनालाई हत्याको अभियुक्त भन्दै सार्वजनिक गरेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको हो।
तीन दिनदेखि निरन्तर दैनिक प्रदर्शन भइरहेको छ भने बजार तथा सवारी बन्द छ। बिहीबार प्रहरीले चलाएको गोली लागी चार जना घाइते भएका छन्।
गत साउन १० गते घरबाट साथीको घरमा पढ्न भनी गएकी १३ वर्षीया निर्मला अर्को दिन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४