मंगलबार, चैत ३, २०८२

भरतपुर अस्पतालले थाल्यो अनलाइन टिकट

पाँच चरणमा लिन सकिने अनलाइन टिकट निःशुल्क बनाइएको हो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

भरतपुर- चितवनको भरतपुर अस्पतालले अनलाइन टिकट वितरण प्रणाली पुनः सञ्चालनमा ल्याएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले अनलाइन टिकट प्रणाली पुनः सुरु गरिएको बताए।

National life

अनलाइन टिकट प्रणाली अघिल्लो वर्ष पनि प्रयोगका रूपमा सञ्चालन गरिएको थियो। त्यतिबेला यसको प्रयोग लामो र झन्झटिलो थियो। टिकटको निश्चित शुल्क लाग्ने व्यवस्था थियो। तर यस पटक सुरु गरिएको अनलाइन टिकट पाँच चरणमा  लिन सकिने व्यवस्था गरिएको अस्पताल प्रमुख पौडेलले बताए।

अस्पतालले अहिले अनलाइन टिकट निःशुल्क लिन पाइने व्यवस्था गरेको छ।

अनलाइन टिकट बिमा र बिमाबाहेकका दुई थरी हुन्छन्। अनलाइनबाट सामान्य किसिमको टिकट लिँदा बिरामीको नाम र उपचार गर्न खोजेको सम्बन्धित विशेषज्ञ डाक्टरको नाम राखेर टिकट लिने व्यवस्था छ भने बिमावालाको हकमा बिमा नम्बर  उल्लेख गर्नुपर्नेछ।

भरतपुर अस्पतालको वेबसाइटबाट टिकट लिन सकिने व्यवस्था छ। ‘अनलाइनबाट काटिएको टिकट प्रिन्ट गरेर सोही दिन अस्पताल समयभित्र जुनसुकै बेला डाक्टरलाई देखाउन सकिनेछ’, अस्पताल प्रमुख पौडेलले भने, ‘अनलाइन टिकट प्रणाली छिटोछरितो छ। यसले अस्पतालमा हुने अस्वाभाविक भीड नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास छ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 02, 2022| 11:09 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्