बिहीबार, असार ३२, २०८३

आइएमर्इ र नेशनल मेडिकल कलेजबीच ‘क्यासलेस’ सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्वास्थ्य सेवामा ग्राहकको पहँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना ल्याएको छ।

उक्त सेवालाई प्रादेशिक तहमा समेत विस्तार गर्ने उद्देश्यसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रालि वीरगंज, पर्साबीच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म नेशनल मेडिकल कलेज प्रालि वीरगंज, पर्साबाट नगद रहित अन्तरंग स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।  

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेज प्रार्लिका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका हुन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्