बिहीबार, वैशाख ३१, २०८३

सोमबार थपिए ८९५ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

National life

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको  परीक्षण गर्दा ८९५ मा संक्रमण पुष्टि भएको हो। ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घन्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ। मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन्।

प्रकाशित: Aug 01, 2022| 16:06 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्