बुधबार, जेठ २७, २०८३

माफी मागेर हटाइयो 'कमेडी हब'को विवादित दृश्य

आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे ‘माग्ने बूढा’ले माफी मागेका छन्।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं– आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे ‘माग्ने बूढा’ले माफी मागेका छन्।

National life

अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाहबमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जनाएका छन्।

आइतबार राति सार्वजनिक गरिएको ट्रेलरमा भगवान् शिवलाई मजाकको विषय बनाइएको भन्दै विरोध भएको थियो। हिन्दूहरुको आस्थामाथि उक्त दृश्यले प्रहार गरेको भन्दै विरोध भएको हो। 

यसअघि शैक्षिक व्यवसायीलाई यमराजको रुपमा चित्रण गरिएको भन्दै उक्त शो विवादित बनेको थियो। त्यसैगरी एउटा एपिसोडमा कलाकार दीपेन्द्र प्रसाईंले यमराजको भूमिकामा अभिनय गरेपछि उनलाई आफू कार्यरत कलेजले जागिरबाट निकालेको थियो। प्रसाईं उजुरी लिएर श्रम कार्यालयमा पुगेका छन्।

प्रकाशित: Aug 01, 2022| 13:58 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।