बिहीबार, असार ३२, २०८३

टाटा सुमो खरिदकर्तालाई ७० प्रतिशतसम्म कर्जा प्रदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ् प्रालि र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच ‘आफ्नो गाडी आफै सवारी’ नामक व्यवसायिक अभियान अन्तर्गत प्रत्येक सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।
 
सिप्रदी ट्रेडिङ् प्रालिले ब्याजदरमा सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएकोले उक्त अभियानअन्तर्गत व्यवसायिक प्रयोजनका लागी सुमो गोल्ड खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ बिकास बैंकले १०.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रदान गर्ने जनाएको हो।

यस अभियानअर्न्तगत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकलाई निशुल्क ड्राइभिङ तालिम, निःशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा प्रदान गरिनेछ। 

अभियानले स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने बाध्यतालाई कम गर्ने कम्पनीको दाबी छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्