काठमाडौं- कञ्चनपुरबाट निर्वाचित सासंद दिपकप्रकाश भट्टले १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारीपछि भएको हत्या प्रकरणको छानविनका लागि उच्च स्तरीय कार्यदल गठन हुनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सासंद भट्टले प्रहरीको छानविनमा नै असर पुग्ने गरी सडकबाटै दोषी करार गर्ने काम भइरहेकोप्रति निन्दा गर्दै भने, 'सडकमा आन्दोलन गरी दोषी करार गर्ने र प्रहरीले कहिले प्रहरी प्रमुख त कहिले मेयरलार्इ बलात्कारी भएको आरोप लगाउनु गलत हो। प्रहरीको अनुसन्धानमा बाधा पुर्याउने काम निन्दनीय छ।'
विश्वका अरु देशमा पनि बलात्कारको घटनाहरु भइरहेको र जसमा सबैभन्दा धेरै अफ्रिकामा हुने गरेको उल्लेख गर्दृ भने नेपालजस्तो विकासन्मुख राष्ट्रका लागि यस्ता घटनाहरुले ठुलो असर गर्ने र शान्ति सुरक्षालार्इ नै चुनौति दिने काम गरेका छन्।
गृहमन्त्रीले सदनलार्इ दुर्इ जना नियन्त्रणमा लिएको केही दिनपछि अर्को एकजनालार्इ नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। प्रहरीले अहिले त्यसको डिएनए परिक्षणका लागि पठाइसकेको समेत जानकारी गराए।
यस्ता घटनाहरु सामाजिक, सांस्कृतिक तथा पुरुष मानसिकताका कारण हुने जनाउँदै दोषीलार्इ कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरेका हुन्।
त्यसैगरी संसदमा नेपाली कांग्रेसबाट निर्वाचित सासंद मिन विश्वकर्मा, मिना पाण्डे र रंगमती शाहीले पनि यस घटना निन्दनिय भएको र पुर्वाग्रही ढंगले अनुसन्धान भइरहेको जनाउँदै यस्ता काम बन्द भएर स्वतन्त्र रुपमा अनुसन्धान अघि बढाउनुपर्ने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४