आइतबार, असोज ११, २०८३

सिभिल बैंकका ग्राहकलाई छुटैछुट

सिभिल बैंक लिमिटेडले विभिन्न साझेदारहरुसँगको समन्वयमा ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– सिभिल बैंक लिमिटेडले विभिन्न साझेदारहरुसँगको समन्वयमा ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ।

सिभिल बैंकका ग्राहकले ४० साझेदारहरुबाट विभिन्न वस्तु तथा सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुटहरु पाउने व्यवस्था गरेको बैंकले जनाएको छ।

बैंकले अन्नपूर्ण केबलकार, अतिथि रिसोर्ट एन्ड एसपीए पोखरा, सानेपा डिलाइट, लक्ष्मी हेयर एण्ड ब्यूटी, बगैंचा स्टेक एण्ड ग्रिल बार लगायतका ४० साझेदारहरुसँग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिसकेको जनाएको छ।

बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघसंस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्टले जानकारी दिए।

करिब आठ लाख ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टर र ९९ एटीएम रहेका छन्।

प्रकाशित: Jul 31, 2022| 18:32 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्