शुक्रबार, साउन १, २०८३

भारतीय वरिष्ठ पत्रकार कुलदीप नैयर रहेनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नयाँदिल्ली- भारतका ख्यातिप्राप्त लेखक तथा वरिष्ठ पत्रकार कुलदीप नैयरको ९५ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

उनी १४ अगस्ट १९२३ मा हाल पाकिस्तानमा पर्ने पञ्जाब प्रान्तको सियालकोटमा जन्मेका थिए । सन् १९७५ देखि १९७७ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको संकटकालको विरोध गरेको आरोपमा पक्राउ गरिएका पहिलो पत्रकार थिए, उनी । त्यतिबेला उनी दी स्टेट्सम्यान दैनिकको सम्पादक थिए ।

मानव अधिकारकर्मी र शान्ति कार्यकर्ता पनि उनको परिचय हो । सन् १९९६ मा उनी संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधिमण्डलका सदस्य बनेका थिए । सन् १९९० मा बेलायतमा भारतका उच्चायुक्त पनि नियुक्त भएका थिए । सन् १९९७ मा संसदको माथिल्लो सदन राज्यसभाका सदस्य मनोनित भएका थिए ।

भारतका १४ भाषाका ८० भन्दा बढी अखबारमा स्तम्भकार थिए, आफ्नो जीवनकालमा । उनी भारत र पाकिस्तानबीच शान्तिपूर्ण सम्बन्धका पक्षपाति थिए । आफ्नो अटो बायोग्राफी ‘बियोन्ड दी लाइन्स’मा उनले पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खानसँग लिएको अन्तरवार्ताको प्रसंग उल्लेख गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत नेताले ट्विटरमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘उनी हाम्रो जमानाका असाधारण बौद्धिक व्यक्तित्व थिए । स्पष्ट वक्ता र निडर व्यक्ति उनको काम धेरै दशकसम्म जीवित रहनेछ,’ प्रधानमन्त्री मोदीले भनेका छन्, ‘संकटकाल, सार्वजनिक सेवा तथा समुन्नत भारतका प्रति उनको मजबुत अडान सधैं सम्झिरहनेछौं ।’

उनी नेपालका अखबारमा पनि लेख र विचार पनि प्रकाशित गरिरहन्थे । उनी नेपाल र नेपाली जनताका असल भारतीय मित्र मानिन्थे । उनी नेपालमा सधैं प्रजातन्त्र र मानव अधिकारका पक्षपाति रहे । खासगरी, दी राइजिङ नेपाल र दी काठमान्डु पोस्टमा स्तम्भकार नै रहे, लामो समय । नयाँदिल्लीमै वृद्धावस्थामा पनि उनी नेपाल मामिलामा अत्यधिक रुचि राख्थे । भारत सरकारको नेपाल नीतिका समेत कटु आलोचक थिए,नैयर।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।