बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : एसपी विष्टको जिम्मेवारी खोसियो, एसएसपी चन्दले छानविन गर्ने

निर्मला हत्या प्रकरण : एसपी विष्टको जिम्मेवारी खोसियो, एसएसपी चन्दले छानविन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर- निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाका विषयमा छानविन गर्न सात नम्बर प्रदेश प्रहरी कार्यालयले एसएसपी विक्रम चन्दलाई खटाएको छ । 

कञ्चनपुरका प्रहरी प्रमुख तथा एसपी डिल्लीराज बिष्टलाई जिम्मेवारीबाट हटाउँदै प्रदेश प्रदेश प्रहरीले चन्दलाई खटाएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मलाको बलात्कारपछिको हत्यामा संलग्न अभियुक्तलाई बचाउन खोजेको आरोप लागेपछि विष्टलाई जिम्मेवारी विहिन बनाइएको स्रोतले जनाएको छ । 

मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई पक्राउ गरेर प्ररहीले मुख्य अभियुक्तलाई बचाउन खोजे भन्दै कञ्चनपुरमा केहि दिन यता लगातार प्रदर्शन भइरहेको छ । उनीहरुले प्रहरी प्रमुख विष्टले हत्यारा जोगाउन खोजेको भन्दै उनलाई बर्खास्त गर्न समेत माग गर्दै आएका छन् । 

निर्मला हत्या प्रकरणका ‘वास्तविक अभियुक्त’ पक्राउ नपरुन्जेलसम्मका लागि कञ्चनपुर प्रहरीको जिम्मेवारी एसएसपी चन्दले सम्हाल्ने भएका छन् । ७ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुरज केसीले एसएसपी चन्दलाई घटनाको अनुसन्धानमा नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको जानकारी दिए । 

निर्मलाको वलात्कार पछि हत्या गरेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएको व्यक्ति रहेको जनाउँदै स्थानीयले प्रहरीले निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाएका छन् ।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो। उनको साउन ११ गते दिउँसो हत्या भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।