बिहीबार, असार ३२, २०८३

प्रधानन्यायाधीशको नाम आज सिफारिस हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- लामो समयदेखि बस्न नसकेको संवैधानिक परिषद्को बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो । 

बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने स्रोतले जनाएको छ । प्रधानन्यायाधीशका लागि ओमप्रकाश मिश्र र चालेन्द्रशम्सेर जवरालाई मुख्य दावेदार मानिएको छ।

तर, कामु प्रधानन्यायाधीशको जिम्मेवार सम्हाली रहेका मिश्र जबरा भन्दा सिनियर भएकाले उनको नाम नै सिफारिस हुने सम्भावन प्रवल छ । विपक्षी दल कांग्रेसले पनि मिश्रको नाममा अनौपचारिक सहमति जनाएको स्रोतको दाबी छ । 

यसअघि परिषदले दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । तर जोशीको नाम संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेपछि फेरि नयाँ नाम सिफारिस गर्नुपर्ने भएको हो ।

यस्तै आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि समेत नाम सिफारिस हुन सक्ने सम्भावना रहेको स्रोतको दावी छ । आयोग लामो समयदेखि प्रमुख आयुक्त विहिन छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।