बिहीबार, असार ३२, २०८३

जिसस रामेछापका अधिकृतमाथि छुरा प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मन्थली- जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत श्री नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । मन्थली १ मच्छेडाँडीमा रहेको सुवेदीको आफ्नै निवासमा सुतिरहेको बेलामा बुधबार राती छुरा प्रहार भएको हो । 

सुवेदीको पेटमा छुरा लागेको प्रहरीले जनाएको छ । तत्कालै उद्दार गरी तामाकोशी सहकारी अस्पतालमा   ल्याइएका सुवेदीलाइ त्याहा प्राथमिक उपचार पछि धुलिखेल अस्पताल पठाइएको र अस्पतालमा रातिनै शल्यक्रिया भएको छ । अस्पतालले आन्द्रा काटिएको जनाएको छ। उनी खतरामुक्त रहेको धुलिखेल अस्पतालले जनाएको छ । 

फेसबुक चलाएर बसिरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले उनलाइ छुरा रोपेको थियो । छुरा फेला परेको परिवारजनले जनाएका छन । माथिल्लो तलामा रहेका सुवेदीलाइ छुरा प्रहार गर्ने व्यक्ती बरन्डाबाट हामफालेर फरार भएको सुवेदीले जनाएका छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।