बिहीबार, असार ३२, २०८३

त्रिविको आर्थिक हिनामिना छानबिन गर्न माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । 

नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको हो । 

उक्त समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए । 

“त्रिविका सम्पूर्ण विभाग विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ, अध्ययन अनुसन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ, त्रिविको लोगो र छापसमेत दुरुपयोग गरी वार्षिक लाखौँ रकम बुझ्ने काम भएको छ,” उनले भने ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।