मंगलबार, चैत ३, २०८२

एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क

स्वास्थ्य मन्त्रालयले एसिड आक्रमणमा परेकाले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने जनाएको हो।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सरकारले एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै एसिड आक्रमणमा परेकाले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने जनाएको हो।  

आकस्मिक उपचारपछि थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने मन्त्रालयले बताएको छ।

‘एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितको उपचार गरिने मन्त्रालयको भनाइ छ।

प्रकाशित: Jul 30, 2022| 11:40 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्