बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चर्को आवाज निकाल्ने जुनसुकै बाइक पनि नियन्त्रणमा लिइने

चर्को आवाज निकाल्ने जुनसुकै बाइक पनि नियन्त्रणमा लिइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चर्को आवाज निकालेर ध्वनी प्रदुषण गर्ने जुनसुकै बाइकलाई पनि नियन्त्रणमा लिइ कारबाही गरिने भएको छ। 

करिब १५ दिनअघिदेखि शुरु गरिएको उक्त अभियानमा हालसम्म दुई सय ५० बढी त्यस्ता ठूलो ध्वनी निकाल्ने बाइक धनीलाई पक्राउ गरी कारबाही गरिसकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले बताए।
 
‘कुनै पनि ब्राण्ड तथा सीसीलाई नभइ ठूलो ध्वनि निकाल्ने जुनसुकै बाइक चलाउनेलार्इ धनीलाई पक्राउ गरि कारबाही गरिरहेका छौं,’ उनले भने ‘त्यस्ता ध्वनी निकाल्ने पल्सर, वुलेट, डुकाटी लगायतका जुनसुकै बाइक हुन सक्छ, जसले स्थानिय सर्वसाधारण, विद्यालय, यात्रुहरुलाई असर गर्दछ।’

उनका अनुसार कारबाहीअन्तर्गत शुरुमा एक हजार रुपैयाँ  जरिवाना लिने त्यति गरेपनि अटेर गरे पक्राउ गरेर सम्बन्धीत निकायमा बुझाइने छ।
  
पछिल्लो समय बाइकलाई मोडीफाई गरि समान्य ध्वनीभन्दा ठूलो ध्वनी निकाल्ने अथवा स्वत ठूलो ध्वनि निकाल्ने बाइकलाई चलाउन रोक लगाएको उनको भनाइ छ।

चर्को आवाज निकाली गुड्ने बाइकले विद्यार्थी, सर्वसाधारण नागरिकलाई सबैले प्रताडित गरेको भन्दै चौतर्फी गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी कडा रुपमा उत्रेको उनले नेपाल समयलाई जानकारी दिए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।