बिहीबार, असार ३२, २०८३

सुर्खेतमा पनि आन्दोलन, बलात्कारीलाई फाँसी दिन माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- बलात्कारीलाई फाँसीको माग गर्दै सुर्खेतका महिलाहरु पनि आन्दोलित भएका छन्। 

पछिल्लो समय देशभर बलात्कारका घटनाहरु बृद्धि हुँदा समेत सरकारले कडा कानून बनाउन नसको भन्दै सुर्खेतका महिलाहरु आन्दोलित भएका हुन्। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतको अगुवाईमा सडकमा उत्रिएका महिलाहरुले तत्काल कानून परिमार्जन गरी बलात्कारीलाई फाँसी दिने कानून बनाउन माग गरेका छन्। 

श्रृङखलाबद्ध बलात्कार, हत्या, असुरक्षा र महिला हिंसाको बिरोध गर्दै बुधबार साँझ सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हुन्।

‘एक्काइसौं शताब्दीमा पनि महिलाहरु यौनजन्य हिंसाको शिकार हुनु परेको छ।’ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सुर्खेतका अध्यक्ष सितादेवी खाणले भनिन् ‘सरकारले कडाभन्दा कडा कानून ल्याओस् र बलात्कारीलाई फाँसी देवस् भनेर आन्दोलित भएका हौँ।’

संविधानमै नभएको बलात्कारीलाई फाँसी दिने माग सम्भव छ भन्ने प्रश्नमा उनले भनिन्, ‘संविधान र कानून सयमअनुकुल हुनुपर्छ, कित दिदीबहिनीहरुमाथि हुने बलात्कारका घटनाहरु रोकिनु पर्‍यो हैनभने फाँसीको सजाय हुनैपर्छ।’ 

उनीहरुले बलात्कारीलाइ फाँसी दे, महिला हिंसा अन्त्य गर, महिला अधिकार सुनिश्चित गर लगायत नारासहित जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।