आइतबार, जेठ ३, २०८३

हजार रुपैयाँ चोरीको आरोपमा श्रीमतीको हत्या!

चोरी आरोपमा ३१ वर्षीया श्रीमती साबित्री थापा क्षत्रीको हत्या कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

रुपन्देही- एक हजार रुपैयाँ चोरीको आरोपमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ। चोरी आरोपमा ३१ वर्षीया श्रीमती साबित्री थापा क्षत्रीको हत्या कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरीले जानकारी दिएको छ। 

National life

आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान सावित्री मृत अवस्थामा भेटिएकी थिइन्। ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने देखिएपछि यम बहादुरलाई नियन्त्रणमा लिएको थियो। 

यमबहादुरले अघिल्लो दिन साँझ दराजमा नगद राखेका थिए। यम बहादुरले राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी झिकेको भन्दै कुटपिट गरेका थिपए। श्रीमतीलाई खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। 

उनी उपर ज्यानसम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरेहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Jul 29, 2022| 15:42 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।