बिहीबार, वैशाख ३१, २०८३

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मागियो प्रस्ताव

केन्द्रले शुक्रबार सूचना जारी गरी साउन २९ भित्र विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

National life

काठमाडौं– शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयबाट प्रस्ताव माग गरेको छ।

केन्द्रले शुक्रबार सूचना जारी गरी साउन २९ भित्र विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो। इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत प्रस्ताव पेस गर्न सक्ने सूचनामा उल्लेख छ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा ९ साउनमा बसेको बैठकले विद्यालयबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरेको थियो। भौतिक सुविधा विस्तार गर्न चाहने विद्यालयले प्रस्ताव पेस गर्न सक्नेछन्।

प्रकाशित: Jul 29, 2022| 12:38 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्