आइतबार, जेठ ३, २०८३

नेपालमा ३५५ पुग्यो बाघ संख्या

नेपालमा बाघको संख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तारमा थप ध्यान दिइनुपर्ने राष्ट्रपति भण्डारीको सुझाव छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं– नेपालमा शुक्रबार विविध कार्यक्रम गरी विश्व बाघ दिवस मनाइँदै छ। विश्व बाघ दिवस अवसर पारेर सार्वजनिक गरिएको तथ्यांकअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ। पछिल्लो ४ वर्षमा १२० बाघ थपिएका हुन्।

National life

२०१८ मा नेपालमा २३५ संख्यामा रहेका बाघको संख्या हाल ३५५ पुगेको हो।

सरकारी तथ्यांकअनुसार सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ छन् । पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका छन्।

बाघ दिवस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्। नेपालमा बाघको संख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको संख्या वृद्धि हुनुपर्ने बताएकी छन्।

उनले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पु¥याउनुपर्ने उल्लेख गरेकी छन्।

राष्ट्रपति भण्डारीले प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिएकी छन्।

जुलाई २९ तारिखका दिन शुक्रबार संसारभर ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने संकल्पका साथ विश्व बाघ दिवस मनाइँदै छ।

नेपालले करिब एक दशकअघि रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा यसै वर्ष (सन् २०२२) भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो।

जसअनुसार सन् २०१८ मा नेपालमा बाघको संख्या २३५ पुगेको र हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेकाले बाघ संरक्षणमा मुलुकले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगत्मा प्रशंसित भइरहेको छ।

राष्ट्रपति भण्डारीले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु खुसीको विषय भएको उल्लेख गरेकी छन्।

‘हाम्रो देशका विभिन्न भागमा स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ। बाघको चोरी सिकारी तथा बाघका अंगको अवैध व्यापार गर्ने उद्देश्यले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणका लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट बाघ संरक्षणको पहलकदमीलाई सार्थक बनाउन थप मद्दत मिलेको छ,’ राष्ट्रपतिले भनेकी छन्।

वन्यजन्तु संरक्षणका क्षेत्रमा विद्यमान नीति र कानुनी व्यवस्थालाई प्रकृति संरक्षणको अभिन्न अंगका रूपमा कार्यान्वयन गर्न सबैको दिगो सक्रियता आवश्यक पर्ने राष्ट्रपति भण्डारीको भनाइ छ।

उनले बाघको संरक्षण र संख्या वृद्धि नेपालको पर्यटन प्रवद्र्धन एवं आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने भएकाले संरक्षणका नवीनतम उपाय अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न एवं स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा योगदान गर्ने दुर्लभ वन्यजन्तु बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

प्रकाशित: Jul 29, 2022| 12:18 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।