काठमाडौं– काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई निर्माण गरिएका घर÷टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ।
काठमाडौं महानगर वडा–१ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तरतर्फ)देखि जय नेपाल हलसम्म टुकुचा खोला किनार क्षेत्रको अतिक्रमित संरचना हटाउन महानगरले सूचना जारी गरेको हो।
महानगरले घरधनी आफैंले नहटाए ती संरचना आफैं हटाउने चेतावनी दिएको छ। महानगरको सहरी व्यवस्थापन विभागबाट जारी गरिएको स्वीकृत नक्सा विपरीत, भवन निर्माण मापदण्ड विपरीत र नक्सा नै नलिई घर÷टहरा निर्माण गरेको देखिएको हुँदा त्यस्तो प्रकृतिका भवन सूचना जारी भएको ३५ दिनभित्र हटाउन अनुरोध गरिएको छ।