आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक वर्षमा नुवाकोटको एक हजार छ सय हेक्टरमा सिँचाइ सुविधा

एक वर्षमा नुवाकोटको एक हजार छ सय हेक्टरमा सिँचाइ सुविधा

जिल्लामा नयाँ र पुराना गरेर सिँचाइका ७१ योजना अघि बढाइएकामा ६१ योजनाको काम सम्पन्न भएको छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

नुवाकोट- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले एक वर्षमा एक हजार छ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरेको छ।

नुवाकोटमा सिँचाइ कुलो, नदी नियन्त्रण र बस्ती संरक्षण तथा ऊर्जासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको डिभिजन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो बाझो भूमिमा सिँचाइ सुविधा विस्तार गरेको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईंले जानकारी दिए। खेतीयोग्य उर्वर भूमि भएर पनि हालसम्म सिँचाइ नपुगेको दुई सय हेक्टरमा नयाँ योजनामार्फत र यसअघि निर्माण गरिएको भए पनि जीर्ण बनेका कुलोलाई सुदृढीकरण गरेर थप एक हजार चार सय हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्याइएको छ। 

जिल्लामा नयाँ र पुराना गरेर सिँचाइका ७१ योजना अघि बढाइएकामा ६१ योजनाको काम सम्पन्न भएको छ। ‘मागमा आधारित भएर निर्माण तथा मर्मतसम्भार गरिएका सिँचाइ कुलोको उपभोग गरेर किसानलाई कृषि कर्ममा सहज बनाइएको छ’, गुरागाईंले भने, ‘सिँचाइको उपलब्धताले खेती लगाउन मात्र नभई बहुआयामिक प्रयोजनका रुपमा खानेपानी, सरसफाइ, पशुपन्छी तथा कुखुरा र माछापालन गर्न सहज भएको छ।’

नुवाकोटको कूल भूमि एक लाख १२ हजार एक सय हेक्टर भए पनि अध्ययनअनुसार जिल्लाको खेतीयोग्य भूमि ४५ हजार दुई सय ५२ हेक्टर मात्र छ। खेतीयोग्य भूमिमध्ये हालसम्म १८ हजार ४७ हेक्टरमा सिँचाइ सुविधा पुगेको डिभिजन कार्यालयले जनाएको छ।

बागमती प्रदेशअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सिँचाइ योजनाको निर्माण तथा सुदृढीकरण, नदी तथा खोलाले पुर्‍याएको कटानको नियन्त्रण, जोखिममा परेका बस्ती तथा सामुदायिक भौतिक संरचनाको संरक्षण, ग्रामीण विद्युतीकरण एवं केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा नवीकरणीय ऊर्जाको कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आव २०७८/७९ मा प्राप्त बजेटमध्ये सिँचाइका नयाँ योजना र सुदृढीकरणमा २० करोड ११ लाख जिल्लामा एक सयभन्दा बढी योजनामा विनियोजन गरिएको डिभिजन कार्यालयले जनाएको छ। चालु आवमा जिल्लामा नयाँ र पुराना एक सयभन्दा बढी सिँचाइ योजनाका लागि झण्डै रु २५ करोड बजेट विनियोजन गरिएको छ। 

प्रकाशित: Jul 29, 2022| 11:20 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।