आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता

स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

स्याङ्जा- स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन्। 

National life

जिल्ला अदालतको स्रेष्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फछ्र्योट हुन बाँकी छन्। अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरुपमा सम्बन्धविच्छेदका मुद्दा धेरै रहेका छन्।

अघिल्लो आव २०७७/७८ मा तीन सय चार मुद्दा दर्ता भएकामा दुई सय ४० फछ्र्योट भएका थिए। सो आवका ६४ मुद्दा गत आव २०७८÷७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जानकारी दिए। तुलनात्मकरुपमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ।

‘अन्यको तुलनामा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता हुने गरेका छन्’, रेग्मीले भने, ‘यसको मुख्य कारण वैदेशिक रोजगारी र अन्य पारिवारिक समस्या हुन्।’ 

अदालतमा एकसय ३१ अंशबण्डाका मुद्दा दर्ता भएको कार्यालयका नायब सुब्बा एवं फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले जानकारी दिए।

पौडेलका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्।

‘वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग तथा घरायसी समस्याका कारण सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्’, उनले भने, ’सम्बन्धविच्छेदले पारिवारिक बेमेलसँगै बालबालिका अभिभावकविहीन बन्ने, संरक्षण नहुँदा बेसाहारा बन्ने समस्या देखिएका छन्।’ जिल्ला अदालतले आव २०७८/७९ मा ६३.११ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ।  -रासस

प्रकाशित: Jul 29, 2022| 10:09 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।