काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।
राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय यूसुफ हारोनलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लास्टिकभित्र लुकाई ल्याई भन्सार छली लैजान लागेको उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो।