मंगलबार, चैत ३, २०८२

एसईई नतिजामा चित्त नबुझे निवेदन दिन पाइने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन्।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन्।

National life

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत ‘परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ ले सूचना जारी गरी आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि परीक्षार्थीलाई तोकिएको ढाँचामा निवेदन दिन आह्वान गरेको छ। 

शिक्षक विकास तथा समन्वय एकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिनेछ। निवेदन दस्तुर पाँच सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ।



प्रकाशित: Jul 29, 2022| 08:00 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्