बिहीबार, असार ३२, २०८३

कर्णालीमा राष्ट्रिय नाटक महोत्सव हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। प्रदेशको राजधानी सुर्खेतमा हुने महोत्सवका लागि तयारी तिव्र पारिएको रंगकर्मी गणेशभक्त गौतमले जानकारी दिए। 

‘महोत्सवका लागि प्रदेश सरकारसँग समन्वय गरेका छौँ।’ रंगकर्मी गौतमले भने ‘कर्णालीको लोक नाट्य र अभिनयलाई देशभर चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न थालेका हौँ।’ सुर्खेत कला र रंगमञ्चको तिर्थ स्थलभएको जिकिर गर्दै गौतमले भने, ‘महोत्सवमा सातवटै प्रदेशका नाटकहरु प्रर्दशन हुनेछन्, जो कर्णालीका लागि गौरवको कुरा हो।’ 

कर्णाली लोक नाट्य र अभिनयबाट देशभर रंगमञ्चिय गतिविधीको सन्देश दिन नाटक महोत्सवको आयोजना गरिएको उनको भनाई छ। महोत्सवका लागि साँस्कृतीक संस्थान, राष्ट्रिय नाचघर, कर्णाली प्रदेश सरकारलगायतको सहयोग रहने अर्का रंगकर्मी प्रेमदेव गिरीले बताए।
 
यसैबीच, सुर्खेतका वरिष्ठ रंगकर्मी एवं कलाकार प्रेमदेव गिरी, गणेशभक्त गौतम, प्रकाश पौडेल, याम नारायण आचार्य, उत्तम शर्मा लगायतको टोलीले सामाजिक विकास मन्त्री दल रावललाई भेटेर महोत्सवका बारेमा आधिकारीक जानकारी दिएका छन्। 

सुर्खेतमा रही लामो समयसम्म रंगमञ्चिय गतिविधी गर्दै आएको आरंग नेपालले राष्ट्रिय नाटक महोत्सव आयोजना गर्न थालेको हो। महोत्सवको मितिभने केही दिनपछि तय गर्ने आयोजकले जानकारी दिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।