आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

११ वर्ष जेल बसी रिहा, निस्केलगत्तै फेरि अपराध

अपराधिक घटनामा विभिन्‍न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका चितवनका र्‍याक्स भनिने सोचेन्द्र राईलाई प्रहरीले अदालत पेश गरेको छ। पछिल्लो पटक पूर्वी चितवनको खैरहनीमा भएको एक सांघातिक हमलाका मुख्य अभियुक्त उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बुधबार काठमाडौं पक्राउ गरेको थियो।
 |  बिहीबार, साउन १२, २०७९
nespernesper

निशा श्रेष्ठ

निशा श्रेष्ठ

बिहीबार, साउन १२, २०७९

भरतपुर- अपराधिक घटनामा विभिन्‍न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका चितवनका र्‍याक्स भनिने सोचेन्द्र राईलाई प्रहरीले अदालत पेश गरेको छ। पछिल्लो पटक पूर्वी चितवनको खैरहनीमा भएको एक सांघातिक हमलाका मुख्य अभियुक्त उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बुधबार काठमाडौं पक्राउ गरेको थियो। 

triton college

गत वैशाख २४ गते खैरहनी-६, सुनगाभा टोलका ३५ वर्षीय कुमार थापा मगरलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइ फरार रहेका राप्ती नगरपालिका–४ खहरेपुलका ३२ वर्षीय राईलाई बुधबार रातारात चितवन ल्याएर बिहीबार अदालत उपस्थित गराइएको हो। 

अभियुक्त राईलाई चितवनबाट खटिएको प्रहरी टोलीले बुधवार प्रहरी वृत बालाजुको समन्वयमा काठमाडौंको तारकेश्वर –१० मनमैजुबाट प्रक्राउ गरेको थियो। उनको साथबाट प्रहरीले १ थान खुकुरी, ७  थान मोबाइल सेट, ९ थान एन्सेल र नेपाल टेलिकमको सिमसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० नरहरि अधिकारीले जानकारी दिए। 

प्रवक्ता अधिकारी अनुसार राईविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ को उपदफा २ बमोजिम हुने सजायमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को ९क० बमोजिम थप सजाय हुनुपर्ने मागदाबी लिई असार २३ गते अदालतमा मुद्दा दायर गरिएको थियो। 

पटक-पटक जेल

Metro Mart
vianet

प्रहरीले व्यापक खोजी गरिरहेका राई यसअघि पनि थुप्रै मुद्दामा दोषी ठहर भई जेल बसेका थिए। प्रहरीले दिएको जानकारीअनुसार उनी कर्तव्य ज्यान १, डाँका १, चोरी ३ वटा गरी पाँच वटा मुद्दामा संलग्‍न रही पटक-पटक कारागरमा कैद बसेका थिए। उनी पछिल्लो पटक ११ वर्ष कारागारमा कैद भुक्तान गरी २०७७ साल जेठ १५ गते  गणतन्त्र दिवसको दिनमा छुटेका थिए।

त्यस्तै उनीविरुद्ध अहिले पनि ३ मुद्दा छन्। उनीविरुद्ध २०७९ वैशाख ११ गते काभ्रेपलान्चोकका लीलाबहादुर तामाङलाई खुकुरी प्रहार गरेको अभियोगमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। त्यस्तै इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा मोटरसाइकल चोरी मुद्दासमेत दर्ता भई अनुसन्धानको क्रममा समेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अधिकारीले जानकारी दिए।

प्रकाशित: Jul 28, 2022| 20:02 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।