बिहीबार, असोज ११, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • छानबिनको निष्कर्ष : कर्मचारीले असहयोग गरेको आरोप, जनार्दनलाई क्लिन-चिट!

छानबिनको निष्कर्ष : कर्मचारीले असहयोग गरेको आरोप, जनार्दनलाई क्लिन-चिट!

कर्मचारीले असहयोगको आरोप लगाउँदै समितिले शर्मालाई 'क्लिन चिट' दिने गरी प्रतिवेदनलाई अन्तिम रूप दिने काम गरिरहेको हो।
 |  बिहीबार, साउन १२, २०७९
averest bankaverest bank

किशोर दाहाल

किशोर दाहाल

बिहीबार, साउन १२, २०७९

काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करका दर हेरफेर गर्न बिचौलिया खटाएको आरोपमा छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिरहेको छ। कर्मचारीले असहयोगको आरोप लगाउँदै समितिले शर्मालाई 'क्लिन चिट' दिने गरी प्रतिवेदनलाई अन्तिम रूप दिने काम गरिरहेको हो। 

sagarmatha cement

बजेट निर्माणमा संलग्न कर्मचारीलाई करबाही सिफारिस गर्दै निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई 'क्लिन चिट' दिने गरी प्रतिवेदन तयार गरिरहेको स्रोतको भनाइ छ। 'नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट पठाइएको सीसीटीभी फुटेज पनि प्रष्ट नभएका कारण कुनै पनि प्रमाण फेला परेन। करका दर हेरफेरमा बिचौलिया सहभागी भएको भन्ने कुरा प्रमाणित हुने देखिएन,' समिति स्रोतले नेपाल समयसँग भन्यो, 'शर्मामाथि कारबाही सिफारिस गर्ने गरी प्रमाण प्राप्त भएको छैन। त्यही अनुसार प्रतिवेदन लेखनको काम भइरहेको छ।'   

प्रतिपक्षी दल एमालेका सांसदहरुले सुरुमा विरोध जनाएपनि बजेट निर्माणमा संलग्न कर्मचारीलाई कारबाही सिफारिस गर्ने गरी प्रतिवेदन लेख्ने भएपछि सहमत भएको बताइएको छ। अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरी पुष्कर, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसहितका कर्मचारीले असहयोग गरेको आरोपसहित प्रतिवेदन निर्माण गर्ने काम अगाडि बढाइएको संसदीय छानबिन स्रोतको भनाइ छ।

'सीसीटीभी फुटेजमा बाहिरका व्यक्ति ल्याएको स्पष्ट प्रमाण पाउन सकिएन। प्रहरीले बुझाएको फुटेजमा एउटा सवारी साधान अर्थ मन्त्रालयको प्रांगणमा देखिएपनि उक्त दृष्य प्रष्ट छैन। बजेट निर्माणमा संलग्न कुनै पनि कर्मचारीको प्रष्ट जवाफ दिएनन्। सबै कर्मचारीको जवाफ कुनै पनि अनाधिकृत व्यक्ति संलग्नता नरहेको जवाफ नै रह्यो। त्यसैले संसदीय छानबिन समितिले कर्मचारीले अनुसन्धानमा असहयोग गरेको निष्कर्ष सहित प्रतिवेदन तयारी अगाडि बढाएको छ,' स्रोतले बतायो।

प्रकाशित: Jul 28, 2022| 18:24 बिहीबार, साउन १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, विद्युत् खेर नजाने

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि, विद्युत् खेर नजाने

२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकामा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको हो।
चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

चाडपर्व लक्षित सुपथ मूल्यका पसल खुलाइँदै

सुपथ मूल्यका पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ रुपमा नागरिकलाई उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्य।